धरान : विष्णु ममोरियल स्कुल कक्षा ९ का विद्यार्थीले दशैमा पाएको दक्षिणबाट १० प्रतिशत रकममा तिहारमा देउसी भैलो खेलेको १० प्रतिशत रकम थपेर ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई बालबालिकालाई सहयोग गरेका छन् ।
उनीहरूले ज्ञानचक्षुका ६५ जना विद्यार्थीलाई ४५ हजार मूल्यको जाडोमा लगाउने ट्र्याक सुट प्रदान गरेका हुन । शुक्रवार ट्याक सुट वितरणको अवसरमा विद्यार्थीलाई फलफूल पनि वितरण गरियो ।
विष्णुका विद्यार्थीले ‘सामाजिक सेवा अन्तर्गत शिक्षासँगै संस्कार’ उद्देश्यबाट उनीहरूको निजी खर्चबाट बचाएर सहयोग गरेको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा थिए । उनि सहित विष्णुका प्रिन्सिपल श्रेष्ठले ज्ञानचक्षुका विद्यार्थीलाई ट्र्याक सुट फलफूल वितरण गरे ।
उक्त अवसरमा विष्णुका कक्षा ९ का विद्यार्थी र ज्ञानचक्षुका विद्यार्थी बिच अन्तरक्रिया, साङ्गीतिक कार्यक्रम भएको थियो ।