धरान : धरान तथा वराहक्षेत्र नगरपालिकाका केही क्षेत्रमा तीन दिन विद्युत् सेवा अनियमित हुने भएको छ ।
प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्न कन्डक्टर बदली गर्ने कार्य भइरहेकोले धरान तथा वराहक्षेत्रका केही भागमा १६, १७ र १८ गते विद्युत् सेवा अनियमित हुने भएको हो ।
कुशाहा-इनरुवा-दुहबी १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्न कन्डक्टर बदली गर्ने कार्य भइरहेकोमा धरान वितरण केन्द्र अन्तर्गतको ३३ केभी धरान फिडरको क्रसिङमा मङ्सिर १६ गते देखि १८ गतेसम्म बिहान ८ बजे देखि साँझ ५ बजेसम्म सेवा अनियमित हुने भएको नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले जानकारी दिएको छ ।
कन्डक्टर बदलीको कार्य गर्दा सुरक्षाका लागी उल्लेखित समयावधिमा ३३ केभी दुहबी-धरान लाइन सटडाउन हुने र धरान वितरण केन्द्रको विद्युत् सेवा अवरुद्ध हुने धरान वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त समयावधिमा ३३ केभी धनकुटा फिडरबाट धरान उपमहानगरपालिका तथा बराह नगरपालिकाको आंशिक स्थानहरूमा विद्युत् सेवा सुचारु गरिने भएको छ ।
३३ केभी धनकुटा फिडरबाट विद्युत् सुचारु गर्दा लोड नपुग्ने भएका कारण आलोपालो गरी विभिन्न स्थानहरूको विद्युत् सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ । जसका कारण विद्युत् सेवा अनियमित हुने सक्ने जनाइएको छ।